अबको नारा जनता आउ राजा ल्याउ : कमल थापा

१५ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अबको नारा जनता आउ राजा ल्याउ रहेको बताएका छन्। बुधबारदेखि सुरु भएको पार्टी महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले ‘राजा आउ देश चलाउ’ नभएर ‘जनता आउ राजालाई ल्याउ’ भन्ने नारा रहेको बताए।

उनले यो महाधिवेशन अन्तिम एकता महाधिवेशन भएको समेत बताए। ‘यो अन्तिम एकता महाधिवेशन हो। अब भविष्यमा राप्रपालाई फुट्न नदिने संकल्प गरिसकेका छौं,’ उनले भने।

frontline

यो महाधिवेशनले पार्टीको वैचारिक कार्यदिशाको निर्धारण गर्ने बताए। ‘कथमकदाचित सहमतिबाट नेतृत्व चयन गर्न सकेनौं भने लोकतान्त्रिक विधिबाट नेतृत्व छानेर भए पनि पार्टीलाई एकताबद्ध ढंगबाट अगाडि बढाउनुपर्छ,’ उनले भने।

उनले पार्टीमा विभाजनको रेखा कोर्न नहुने बताए। उनले नेपालमा बाह्यशक्तिको प्रभाव र चलखेल बढेको बताए। विदेशीहरुको रणनीतिक प्रतिस्पर्धास्थल नेपाल बन्नसक्ने खतरा बढिरहेको बताए। उनले लोकतन्त्रवादीहरु राजसंस्थासँग तर्सिन नहुने बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here