एमाले केन्द्रीय कमिटी बैठक सुरु

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। 

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले बैठकमा बोल्न चाहने प्रत्येक नेतालाई तीन मिनेट समय दिइने बताए। उनले सबै केन्द्रीय सदस्यलाई बोल्न दिइने जानकारी गराए।

frontline

यद्यपि, समयभित्र आफ्ना कुरा राख्न नसके लिखित रूपमा दिन सकिने उनको भनाइ छ।

यसैबीच ओलीले बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन्। प्रतिवेदन अध्ययनका लागि केन्द्रीय सदस्यलाई विरतण गरिएको छ। अहिले ओली बैठकमा बोलिरहेका छन्।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here