कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले पाए विश्वासको मत

फाइल तस्बिर

१५ मंसिर, कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । बुधबार (आज) मुख्यमन्त्री शाहीले प्रदेशसभामा राखेका प्रस्ताव बहुमतले पारित भएको हो ।

मुख्यमन्त्री शाहीले ‘आफूमाथि प्रदेशसभाको विश्वास छ’ भनी राखेको प्रस्तावको पक्षमा २२ मत परेको सभामुख राजबहादुर शाहीले जानकारी गराए ।

frontline

सभामुख शाहीका अनुसार यो कर्णाली प्रदेशसभाको सदस्य संख्याको बहुमत भएकाले मुख्यमन्त्रीले विश्वासको मत पाएका हुन् ।

उक्त बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए । प्रदेशसभा बैठकमा प्रमुख विपक्षी दल नेकपा (एमाले)का सांसदहरु भने उपस्थित भएनन् । मुख्यमन्त्री शाहीलाई नेपाली कांग्रेसका ६ सांसदले मत दिएका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसदले मत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here