चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची बुझाए अध्यक्ष ओलीलाई

१३ मंसिर, काठमाडौं । नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । स्रोतका अनुसार वर्तमान केन्द्रीय सदस्यहरुलाई निरन्तरता दिइएको छ भने अरु नाम क्लस्टर मिलाएर थपिएको छ ।

सौराहमा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले शुक्रबार भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएको थियो ।

frontline

ओलीले विहान १० बजे बन्दसत्र राखेका थिए । तर बन्दसत्र रोकेर छलफलमा जुटेका उनले केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा चार नेतालाई दिएका थिए ।

ओलीले संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बनाउन दिएका हुन् ।

चार नेताले पार्क सफारी होटलको कोठा नम्बर ४०१ मा बसेर केन्द्रीय सदस्यहरुको सूची बनाएका छन् । आफूहरुले पदाधिकारीसहित केन्द्रीय सदस्यको सूची तयार पारेर अध्यक्ष ओलीलाई बुझाएको सचिव गुरुङले बताए ।

अब ओलीले अन्तिम रुप दिने र बन्दसत्रमा प्रस्तुत हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here