एमाले महाधिवेशन : कतै खाना नपाएर तनाव, कतै भुइँभरि

श्रोत : ईन्टरनेट

१२ मंसिर, चितवन । नेकपा एमालेको दशौँ महाधिवेशन शुक्रबारबाट चितवनमा जारी छ। महाधिवेशनमा पार्टीले नेता-कार्यकर्ता तथा अतिथिहरूका लागि छुट्टाछुट्टै किसिमले विभिन्न खाना, मेस तथा बासको व्‍यवस्था गरेको छ।

नेता कार्यकर्ताहरूलाई शनिबार बिहान र बेलुकाको खाना र भोलि बिहानका लागि मात्रै खानाको व्‍यवस्था गरिएको छ। सौराहामा कोही खाना खाएर मस्तसँग राजनीतिक कुरा गरिरहेका देखिन्थे भने कोही खाना खान नपाएर यताउता छटपटिइरहेको देखिन्थ्यो।

frontline

तर, यता महाधिवेशनको बन्दसत्रस्थलमा सयौं जनालाई पुग्ने खाना खेर फालिएको देख्‍न सकिन्छ। एमालेको महाधिवेशनमा आएका नेता-कार्यकर्ताहरू बिहानैदेखि सौराहाका होटेलहरूमा खाना खान लागिपरिरहेका थिए।

तर, कति मानिसहरू खाना खान नपाएर तनावमा देखिन्थे। होटलहरूमा खाना अभाव भइरहेको थियो। यता, महाधिवेशन भइरहेको होटेल सेभेन स्टारमा सयौँ व्‍यक्तिहरूलाई पुग्ने खाना भुइँभरि थुपारिएको र यसै फालिएको थियो।

त्यहाँ पुग्दा एमाले कार्यकर्ताहरूले हप्कीदप्कीसमेत गरेका थिए। उनीहरूले महाधिवेशनका राम्रा कुराहरू र सही सन्देशको मात्र समाचार बनाउन तथा खाना नपुगेर कार्यकर्ताहरू भोकै फर्केको समाचार नलेख्‍नसमेत चेतावनी दिए

खानामा ८ वटा मुख्य परिकारहरूको व्‍यवस्था छ। मासुका मात्रै ३ परिकारहरू (मटनकरी, फिस फ्राई र ओभर रोस्ट चिकेन) को व्‍यवस्था छ। खानामा सलाद बार, प्लेन राइस, प्लेन चपती, दाल फ्राईलगायतको व्‍यवस्था छ।

५०० किलो खसीको मासु ८०० किलो कुखुराको मासु र ७०० किलो माछा आज बिहानको लागि पकाइएको बताइएको थियो।

मेस क्यान्टिनको व्यवस्थापन हेर्दा अघि खानेले प्रशस्त पस्केर लैजाने र पछि खानेलाई नपुगेको देख्‍न सकिन्थ्यो। खानाका लागि छुट्टै कुपनको व्‍यवस्था गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here