अध्यक्ष ओली महाधिवेशनका लागि चितवन जाँदै

९ मंसिर, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली १०औँ राष्ट्रिय महाधिवेशनका लागि आज चितवन जाँदै छन् । ओली बिहान ११ बजे त्यसतर्फ जाने उनको सचिवालयले जनाएको छ ।

ओलीको सचिवालयका अनुसार उनकी धर्मपत्नी राधिका शाक्य र सुरक्षाकर्मी पनि सँगै जानेछन् ।

frontline

एमालेको महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदै छ । त्यसका लागि नेता–कार्यकर्ताहरू चितवन जानेक्रम सुरु भइसकेको छ ।

महाधिवेशनको उद्घाटनसत्रमा पाँच लाखजना सहभागी गराउने पार्टीको तयारी छ । उद्घाटन समारोह नारायणी नदी किनारमा हुनेछ । बन्दसत्र सौराहामा गरिने जनाइएको छ । यही मंसिर १०–१२ गतेसम्म महाधिवेशनको मिति तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here