केही दलहरु कांग्रेसको औंला नसमाती हिँड्नै नसक्ने भए : अध्यक्ष ओली

४ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ केही दलहरु नेपाली कांग्रेसको औंला नसमाती हिँड्नै नसक्ने भएको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले एमालेले भने कसैले बैशाखी नटेक्ने र आगामी निर्वाचनमा विजय हासिल गर्ने दावी समेत गरे । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले कांग्रेसको औंला समातेर हिँड्न पल्केकाहरुलाई कांग्रेसले कहिलेसम्म औंला दिने हो भन्ने थाहा नभएको बताए ।

frontline

‘अब अरु फाच्चेफुच्चेहरु चाहिँ सँगै जान्छौं भन्छन् । अनि कांग्रेसको औंला नसमाती त हिँड्नै सक्दैनन् त, कसरी जाँदैनन् ? गइहाल्छन् नि सँगसँगै ।

आफ्नो सरकार ढालेर कांग्रेसको सरकार बनाइदिनेहरु, कांग्रेसको आंंैला समातेर हिँड्न पल्केकाहरु, त्यो हिँडन खोज्छन् नै । तर काँग्रेसले कहिलेसम्म औंला दिन्छ, मलाई थाहा छैन’ उनले भने ।

अध्यक्ष ओलीले नेकपा एमाले फोहोरविनाको स्वच्छ भएको दावी गर्दै पार्टीभित्र एकमना एकताका साथ अघि बढने दृढता व्यक्त गरे । उनले राष्ट्र निर्माणका लागि पनि एमाले एकतावद्ध भएर अघि बढ्नुको विकल्प नरहेको दोहो¥याए ।

‘नेपाली जनताले देखेका छन्–नेकपा एमाले बल्ल शुद्धिकृत, शुद्ध बनेको, फोहोर नभएको, फोहोर फालिएको । त्यस्तो एमाले बनेको छ ।…त्यो स्वच्छ एमाले एकमना एकताका साथ सुदृढ एकताका साथ अगाडि बढछ । यसले विजय हासिल गर्छ’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here