सर्वोच्च परिसरमा आज पनि कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी

फाइल तस्बिर

३ मंसिर काठमाडौं । सर्वोच्च अदालत परिसरमा आज पनि कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ । प्रहरीले धर्नास्थलमा कानुन व्यवसायीलाई रोक्न खोज्दा घम्साघम्सी भएको हो । अहिले सर्वोच्च परिसरमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ ।

हिजो पनि प्रदर्शनमा रहेका कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको थियो । प्रहरीले बल प्रयोग गर्दा केही कानुन व्यवसायी घाइते भएका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरोधमा कानुन व्यवसायीले गएको १४ गतेदेखि विरोध प्रदर्शन गर्दै आएका छन् ।

frontline

हिजो राष्ट्रिय मानव अधिकार आयोगले नेपाल बार एसोसिएशनको अगुवाइमा भइरहेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेकाे भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।

यस्तै, हिजो सर्वाेच्च अदालतका न्यायाधीशको पूर्ण बैठक अर्थात फुल कोर्टले गोला प्रणालीबाट इजलास तोक्ने गरी नियमावली संशोधन गरेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका १८ जना न्यायाधीशको आज बसेको बैठकले प्रधानन्यायाधीशले इजलास तोक्ने व्यवस्था परिवर्तन गर्दै गोला प्रणालीमार्फत इजलास तोक्ने प्रावधानसहितको नियमावली पारित गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here