अमेरिकाका राष्ट्रपतिले आयोजना गर्ने ‘समिट फर डोमोक्रेसी’मा प्रधानमन्त्री देउवा सहभागी हुने

३ मङ्सिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने ‘समिट फर डोमोक्रेसी’मा सहभागी हुने भएका छन्।

डिसेम्बर ९ र १० मा अमेरिकामा हुन गइरहेको सम्मेलनमा देउवा सहभागी हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

frontline

मन्त्रालयका अनुसार बिहीबार प्रधानमन्त्री देउवा र अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भएको भेटवार्ताका क्रममा देउवाले सम्मेलनमा सहभागी हुने निश्चित गरेका थिए।

‘राष्ट्रपति जो बाइडेनले सम्मेलनका लागि पहिल्यै निम्तो पठाउनुभएको थियो। प्रधानमन्त्रीज्युले डोनाल्ड लुसँगको भेटमा सहभागी हुने निश्चित गर्नुभएको हो,’ स्रोतले भन्यो।

उक्त शिखर सम्मेलनमा विश्वभरिका एक सय बढी देशका नेताहरु सहभागी हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here