सस्थालाइ बदनाम गर्ने उदेश्यले भ्रम फैलाउने कार्य गरियो अध्यक्ष: पारस हुसैन

मेवालाल यादव , रौतहट , २० गते ग्रामीण विकास केन्द्र नेपाल रौतहटका अध्यक्ष पारस हुसैनले सस्थालाइ जोडिएर आएको समाचारमा सत्यता नरहेको प्रेस विज्ञप्ति मार्फत जनाएका छन । एक औनलाइन न्यूज पोर्टलले मुस्लिम समुदायको लागि आएको राहत सामग्री हिन्दू समुदायलाइ बाडेको भनी सार्वजानिक समाचार कपोलकल्पित भ्रामक रहेको अध्यक्ष हुसैनले दावी गरेका छन । विगत लामो समय देखि विपणन तथा पिछडिएका समुदायको जीपीकोपार्जन सुधार , क्षमता अभिबृद्धि ,विपद पूर्व तयारी तथा प्रतिकार्यको क्षेत्रमा निस्वार्थ रुपमा मानवीय प्रतिकार्यका राष्ट्रिय तथा अंतराष्ट्रीय न्यूनतम मापदंडलाइ अंगीकार गर्दै कार्य गर्दै आएको सस्थालाइ बदनाम गर्ने उदेश्यले भ्रामक समाचार प्रकाशन प्रकाशित गरिएको प्रति आपत्ति जनाउँदै सार्वजानिक भएको तथ्यहीन समाचारलाई खण्डन समेत विज्ञापित मार्फत गरेका हुन । सस्थाका अध्यक्ष हुसैन द्वारा जारी विज्ञप्तिमा दैवी प्रकोपको बेला विपदमा परेका समुदाय बर्ग व्यक्तिलाइ राहत उद्दार कार्यमा सस्थाले मानवीयतालाइ ध्यानमा राख्दै कार्य गर्दै आएको प्रस्ट पारिएको छ । दुखद अवस्थामा सेवा गर्नु गैर सरकारी सस्थाको कर्तव्य भित्र पर्ने विषय भएकोले सही अनुरूप कार्य गर्दै आएकोमा कुनै राजनितिक व्यक्तिगत स्वार्थ नरहेको जनाइएको छ । ग्रामीण विकास नेपाल हरेक गतिविधि पारदर्शी , सहभागितामूलक समानुपातिक ढंगबाट सञ्चालन गर्दै आएको कार्य गर्ने सिलसिलामा स्थानीय तहका प्रमुख सित सहकार्य गर्नु पर्ने भएकोले सोही अनुसार नगर प्रमुखहरुको प्रत्यक्ष सहभागितामा कार्य गर्ने गरेको बताएको छ । कर्मचारी न्युक्ति प्रक्रियामा निष्पक्षता अपनाइएको जनाउँदै शैक्षिक योग्यता प्रक्रिया अनुसार कर्मचारी भर्ना गरिएको दावी गरिएको छ । स्थानीय सरकारको निति नियम अनुसार सहकार्य सहमतिमा राहत वितरण गर्दा ईशनाथ नगरपालिकाका मेयरको रोहावरमा चिसोबाट राहत पाउनका लागि वितरण गरिएको कार्य पार्टीको प्रचार गर्ने उदेश्यले भएको भनी लगाएको आरोप गलत रहेको बताउँदै आगामी दिनमा विना आधार प्रमाण सस्थालाइ बदनाम गर्ने उदेश्यले यस्तो कार्य गरिएमा सस्थाले कÞानूनी बाटो समेत अपनाउने चेतावनी विज्ञप्ति मार्फत दिइएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here