२४ घण्टामा २००४ संक्रमित, १६ को मृत्यु

 काठमाडौं । पछिल्लो २४ घण्टामा थप २००४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण पुष्टि भएको हो ।

frontline

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८४६ रहेको छ भने १६ जनाको मृत्यु भएको छ ।

हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३३ हजार ९४६ रहेको छ जसमध्ये ३१ हजार ६१९ जना होम आइसोलेसनमा र २३२७ जना संस्थागत आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७९३ जना संक्रमित भेटिएका छन् ।काठमाडौंमा ५४१, ललितपुरमा १५२ र भक्तपुरमा १०० जना संक्रमित भेटिएका छन् ।

त्यस्तै झापामा १२६, मोरङमा ११२, कास्कीमा १०५, सुनसरीमा ६४, चितवनमा ६०, रुपन्देहीमा ४१ र काभ्रेमा २८ जना संक्रमित भेटिएका छन्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here