हाडनाता करणी आरोपमा एक किशोर पक्राउ

आइतबार, दाङ । हाडनाता करणी आरोपमा तुलसीपुर प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पश्चिम दाङको शान्तिनगर गाउँपलिका घर भएका किशोर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

frontline

किशोरले गएको असार ७ गते दिउँसो १२ बजे ९ बर्षकी बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।

बालबालिकाको संवेदनशीलतालाई ख्याल राखेर प्रहरीले आरोपीको नाम गोप्य राखेको छ ।

स्थानीय प्रहरीले ती किशोरलाई पक्राउ गरेर बिहीबार ईलाका प्रहरीमा बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here