झापाको गोदामबाट लुटियो भेरोसिल खोप

शुक्रबार, झापा ।   भद्रपुरस्थित जिल्ला स्वास्थ्य कार्यालय झापाको गोदामबाट चार सय मात्रा भेरोसिल खोप लुटिएको छ ।

भद्रपुरका दुई वडाध्यक्षको नेतृत्वमा आएको समूहले खोप लुटेर लगेको स्वास्थ्य कार्यालयले जनाएको हो । 

frontline

भद्रपुर–५ का वडाध्यक्ष बन्धु कार्की र वडा नम्वर–८ का अध्यक्ष मनोज सुब्बा गौरवको नेतृत्वमा आएको समूहले खोप लुटेको स्वास्थ्य कार्यालयका प्रमुख योगराज घिमिरेले बताए ।

दुई जना वडाध्यक्षको नेतृत्वमा हुलदङ्गा गर्दै स्वास्थ्य कार्यालयको गोदामबाट खोप लुटिएको छ’, घिमिरेले भने, ‘यस विषयमा प्रशासन कार्यालयलाई लिखित जानकारी गराइसकेको छु ।’

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिको बैठकमा सहभागी भइरहेका बेला खोप लुटिएको जानकारी आफूले पाएको र तत्काल कार्यालय पुगेको घिमिरेले बताए । 

झापाको शिवसताक्षी नगरपालिकाका लागि खोप पठाउने तयारीस्वरुप लोड भइरहेका बेला अध्यक्षद्वय कार्की र सुब्बाको टोली जिल्ला स्वास्थ्य कार्यालय पुगेको थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here