विश्वासको मत दिन सांसदहरुसँग छलफल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट सांसदहरुसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुसँग नेता नेपालले छलफल गरेका हुन् ।
३ साउनमा प्रधानमन्त्री देउवालाई नेता नेपालसहित २२ सांसदले विश्वासको मत दिएका थिए ।
तीमध्ये राजधानीमा उपलब्ध सांसदहरुसँग उनले छलफल गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्