कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु

श्रोत : ईन्टरनेट

ओखलढुंगा । ओखलढुंगा जिल्लामा एक कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु भएको छ । सोमबार जिल्लाको सिद्धिचरण नगरपालिका ५ बर्णालुका ५० वर्षीया एक कोरोना संक्रमित महिलालाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।

हिजो नै गरिएको एन्टिजेन परिक्षणका क्रममा ति महिलामा कोरोना  संक्रमण पोजेटिभ देखिएको थियो । 

frontline

कोरोना संक्रमण पोजेटिभ देखिएका महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागी जिल्ला ल्याउँदै गर्दै वर्णालुकै सिस्नेखोलामा आएपछि उनको मृत्यु भएको सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङले समाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।

मृतक महिला दीर्घरोगी भएकाले कोरोनाकै कारण मृत्यु भएको हुनसक्ने जिल्ला स्वासथ्य प्रमुख समुन तिवारीले बताए । 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here