हुलासका मजदुर आन्दोलित

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको हुलास वायर इन्डस्ट्रिजमा कार्यरत मजदुर आन्दोलनमा उत्रिएका छन् ।

उद्योगले ९३ जना मजदुर निकालेपछि त्यसको विरोधमा उनीहरु आन्दोलित भएका हुन् ।

frontline

उद्योगले नियुक्ति पत्र नदिएको भन्दै मंगलबार श्रम कार्यालय विराटनगरमा उजुरी दिन पुगेका मध्ये ९३ जना मजदुरलाई बुधबारबाट काममा आउन रोकेपछि उनीहरु आन्दोलित भएका हुन् ।

उद्योगले २०७७ असार २१ गते न्यूनतम पारिश्रमिक र नियुक्ती पत्र दिने सहमति गरेको भए पनि सो कार्यान्वयन नभएपछि श्रम कार्यालयमा उजुरी दिएको नेपाल ट्रेड युनियन कांग्रेस निकट नेपाल कारखाना श्रमिक संघ मोरङका अध्यक्ष श्रीप्रसाद साहले बताए ।

उक्त उजुरी पश्चात एक्कासी उद्योगले बुधबारबाट काममा आउन राेकेको उनको भनाइ छ ।

तीनदेखि १४ वर्षसम्म काम गरिरहेका कामदारलाई उद्योगले निकालेको उनको भनाइ छ ।

मजदुरले प्रदर्शन गरेपछि उद्योगको उत्पादन ठप्प भएको छ ।

हटाइएका मजदुरलाई पुनर्वहालीको माग राखेर उद्योगको गेट अगाडि धर्ना दिने काम भइरहेको उनले बताए ।

उद्योगका महाप्रबन्धक मुकेश कोठारीले भने कामदार निकालिएको विषयमा आफूलाई जानकारी नभएको बताए ।

काम विषेशले आफू काठमाडौंमा रहेको बताउँदै उनले कामदार निकालिएको विषयमा जानकारी नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here