ढुङ्गा खसेर स्कारपियाेमा लाग्दा गाडीमा सवार एक जना घाइते

श्रोत : ईन्टरनेट

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको सेतीदोभानमा ढुङ्गा खसेर स्कारपियाे जिपमा लाग्दा गाडीमा सवार एक जना घाइते भएको छ ।

मुग्लिन देखि नारायणगढ जाने क्रममा ग-१-य १०७४ नम्बरको पर्यटकीय स्कोर्पियो जिपलाई सेतीदोभानमा खसेको ढुङ्गाले लाग्दा गाडीमा सवार एक जना घाईते भएका र घाइतेलाई उपचारका लागि भरतपुर ल्याईएको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी प्रमुख सूर्यबहादुर थापाले जानकारी दिए ।

frontline

रातको समयमा पहिरो तथा ढुङ्गा खसेर हुने दुर्घटनालाई मध्यनजर राख्दै राति ८:०० बजेबाट नारायणगढ-मुग्लिन सडक खण्डको दुवै तर्फ बन्द गरिने जानकारी प्रहरी निरीक्षक थापाले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

poster-here