असार ३१ सम्म निषेधाज्ञा लम्ब्याउँदै जोर–बिजोर प्रणाली हट्यो

काठमाडौं ।  काठमाडौं उपत्यकाभित्र निजी सवारी साधनमा लागू गरिएको जोर–बिजोर प्रणाली हटेको छ ।

आइतबार (आज) बसेको प्रजिअहरुको बैठकले असार ३१ सम्म निषेधाज्ञा लम्ब्याउँदै जोर–बिजोर प्रणाली हटाएको हो ।

frontline

सभा तथा सम्मेलन भने गर्न नपाइने प्रजिअहरुको बैठकले निर्णय गरेको छ ।

ललितपुरका प्रजिअ ढुण्डीराज निरौलाकाअनुसार जोर–बिजोर प्रणाली आगामी असार २२ देखि हट्नेछ ।

प्रजिअ निरौलाकाअनुसार अनुमति लिएर भने काठमाडौं उपत्यका प्रवेश गर्न पाइन्छ ।

त्यसका लागि सम्बन्धित जिल्लाको प्रशासनबाट अनुमति लिनुपर्नेछ ।

अर्जेन्ट अथवा काठमाडौं आउनैपर्ने भएको खण्डमा प्रशासनबाट अनुमति लिएर आउन पाइने भएको छ ।

पहिले पनि यही थियो । यसलाई निरन्तरता दिइएको छ ।’

यस्तै बैठकले सार्वजनिक यातायातबारे पनि निर्णय गरेको छ ।

सार्वजनिक यातायातमा आसन क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ भने टेम्पो तथा माइक्रो भने चल्न पाउनेछन् ।

सवारीको मध्यभागमा दुईतर्फी यात्रुहरू छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्ने नियम लागू गरिएको छ ।

प्रजिअहरुको  निर्णयअनुसार परीक्षा सञ्चालन गर्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here