सिन्धुपाल्चोकका ४९४ घरपरिवार जोखिममा

सिन्धुपाल्चोकमा असार १ मा आएको बाढीपहिरोका कारण ४ सय ९४ घरपरिवार जोखिममा,२ सय ९३ घरपरिवार विस्थापित 

काठमाडौं  । सिन्धुपाल्चोकमा असार १ मा आएको बाढीपहिरोका कारण ४ सय ९४ घरपरिवार जोखिममा परेका छन् । २ सय ९३ घरपरिवार विस्थापित भएका छन् ।

बिहीबारको प्रदेशसभा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले सार्वजनिक महत्त्वको विषयमा जानकारी दिँदै सिन्धुपाल्चोकमा आएको बाढी तथा पहिरोले पाँचपोखरी थाङपालका ६५, हेलम्बुका २ सय ४ र मेलम्चीका २४ गरी २ सय ९३ घरपरिवार विस्थापित भएको जानकारी दिए ।

frontline

उनका अनुसार पाँचपोखरीमा ४, हेलम्बुमा १ सय २०, मेलम्चीमा २० र भोटेकोसीमा ३ सय ५० गरी ४ सय ९४ घरपरिवार जोखिममा छन् ।

सोही दिनको बाढीपहिरोमा परी ५ जनाले ज्यान गुमाएका छन् । जसमध्ये दुई चिनियाँ र एक भारतीय नागरिकसमेत छन् ।

हालसम्म २० जना सम्पर्कविहीन छन् । ‘बाढी आइरहेको अवस्थामा सेना, प्रहरी तथा स्थानीयको सहयोगमा १ सय २३ जनाको उद्धार गरिएको थियो ।

घाइते भएका ५ जना उपचारपश्चात् घर फर्किसकेका छन्,’ उनले भने । सिन्धुपाल्चोकको बाढी तथा पहिरोबाट प्रभावितहरूका लागि प्रदेश सरकारले स्वास्थ्य शिविर सञ्चालन गरेको उनले जानकारीसमेत दिए ।

प्रदेश सरकारले तत्काल विपद् व्यवस्थापनका लागि भन्दै १३ जिल्लालाई ५ करोड रुपैयाँ निकासा गरेको छ ।

सिन्धुपाल्चोकलाई एक करोड रुपैयाँ, सिन्धुपाल्चोक, चितवन र रसुवालाई ५०/५० लाख तथा बाँकी जिल्लालाई २५ लाख रुपैयाँका दरले बजेट जिल्ला विपद् व्यवस्थापन समितिलाई पठाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here