आन्तरिक वायुसेवा कम्पनीको टिकट बुकिङ खुल्ला

काठमाडौं । आगामी १७ असारबाट हुने नियमित उडानका लागि आन्तरिक वायुसेवा कम्पनीले टिकट बुकिङ थालेका छन् ।

बुद्ध एयर र यति एयरलाइन्सले टिकट बुकिङ शुरु भएको जानकारी गराएका छन् ।

frontline

सरकारले साविकको तुलनामा ५० प्रतिशत पनि ननाघ्ने गरि उडान संख्या तय गरि आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको हो ।

सरकारले एक साताको समय राखी १ जुलाईबाट उडान गर्न अनुमति दिएको हो ।

कम्पनीहरुका अनुसार यात्रुले टिकट काट्न मोवाइल एप, वेवसाइट, रिजर्भेसन, नजिकको सेल्स काउन्टर वा ट्राभल एजेन्सीबाट समेत सक्ने भएका छन् ।

सरकारले निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा चलाउने गरि निषेधाज्ञा खुकुलो बनाएको छ ।

यससगै वायुसेवा कम्पनीलाई उडान सुूचारु गर्न समेत बाटो खुलेको हो ।

यति एयरलाइन्सका अनुसार कम्पनीले स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डको पूर्ण पालना गरि उडान थाल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here