जनकपुरधाम आइपुग्यो सरयू कमला एक्सप्रेस, मुख्यमन्त्री र मन्त्रीहरूले गरे स्वागत

 प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेको ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा जनकपुरधाम आइपुगेको छ । ६ सय ४ किलोमिटर दूरी तय गर्ने साप्ताहिक रेलले बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै जनकपुरधामलाई अयोध्या क्यान्टसँग जोडिएको छ । 

भारत उत्तरप्रदेशको अयोध्या–मनकापुर,बस्ती, गोरखपुर हुँदै विहारको नरकटियागन्ज, रक्सौल, सितामढी, सिसो, मधुवनी, जयनगर हुँदै जनकपुरधामलाई जोड्नेछ। हरेक शनिबार जनकपुरधामबाट र सोमबार अयोध्या क्यान्टबाट छुट्ने तालिका रहेको छ। 

frontline

रेल सेवाले अवध र मिथिल बीचको शताब्दीयौं पुरानो सांस्कृतिक,आध्यात्मिक तथा रोटी–बेटी सम्बन्धलाई थप बलियो बनाउने विश्वास लिइएको छ । भारतबाट आएका यात्रुहरूलाई श्रम तथा रोजगार मन्त्री रामजी यादव,मधेशका मुख्यमन्त्री सरोजकुमार यादवसहित जनकपुरधान उपमहानगरपालिकाका मेयर मनोज कुमार साह,उधोग वाणिज्य सघका अध्यक्ष सुरेन्द्र भन्डारी सहितका संघ संस्थाहरूले स्वागत गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here