प्रधानमन्त्री बालेन आज भारत भ्रमणमा जाँदै, के छ कार्यतालिका ?

काठमाडौं : प्रधानमन्त्री बालेन शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दैछन् । प्रधानमन्त्री भइसकेपछि बालेन पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका हुन्। 

प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो १:४५ बजे  दिल्ली प्रस्थान गर्नेछन्।  प्रधानमन्त्री बालेनलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहको स्वागतका लागि विमानस्थलदेखि राष्ट्रपति भवनसम्म विशेष तयारी गरिएको छ भने ठाउँ–ठाउँमा दुवै देशका झन्डा राखिएको छ।

frontline

दिल्ली पुगेपछि उनको पहिलो औपचारिक राजनीतिक भेट भारतीय विदेशमन्त्री एस. जयशंकरसँग होटल ताजमै हुने भारतस्थित नेपाली दूतावासकी प्रवक्ता अम्बिका जोशीले बताए। 

भ्रमणका क्रममा प्रधानमन्त्री बालेनले बिहान ११ बजे भारतीय समकक्षी नरेन्द्र मोदीसँग र दिउँसो ३ बजे भारतका राष्ट्रपति  द्रौपदी मुर्मू, सोमबार वार्ता गर्ने कार्यक्रम छ। हैदराबाद हाउसमै दिउँसो १२ बजेपछि दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यसूची पनि तयार भएको छ। प्रधानमन्त्रीद्वयले सोमबार नै अयोध्या-जनकपुर रेल उद्घाटन गर्नेछन्।

प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्ययवसायी र पत्रकारलगायत रहनेछन्।

प्रधानमन्त्री बालेन सोमबार साँझ ६:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यसूची तयार छ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणमा भारतले देखाएको स्वागत सत्कार र उच्चस्तरीय आतिथ्यलाई दुई देशबीचको सम्बन्धमा नयाँ राजनीतिक संवाद सुरु गर्ने प्रयासका रूपमा हेरिएको छ। 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here