यस्ता छन् राइजिङ स्टार्स एसिया कपमा नेपालले खेल्ने प्रतिद्वन्द्वी

कतारमा बिहीबारदेखि राइजिङ स्टार्स एसिया कप सुरु भएको छ । एसिया कपअघि हुने यो मिनी एसिया कपमा नेपालले पनि खेल्दै छ ।

एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपालले एसिया कपसँगै राइजिङ स्टार्स एसिया कपमा पनि स्थान बनाएको थियो । नेपाल भारत ए, पाकिस्तान ए र यूएईसँग एउटै समूहमा छ ।

frontline

नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भारत ए सँग खेल्नेछ । त्यसपछि नेपालले आइतबार यूएईसँग अनि मंगलबार पाकिस्तान ए सँग खेल्ने छ ।

भारत ए टोलीमा वैभव सूर्यवंशीसहित चर्चित खेलाडीको उपस्थिति छ भने पाकिस्तान ए अघिल्लो संस्करणको उपाधि रक्षा गर्ने लक्ष्यमा हुनेछ। यूएईले भने सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका र उमेर समूहका खेलाडीलाई समेटेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

२ इभेन्ट्स/फंसन

poster-here