प्रचण्डको बालेनलाई सुझाव– भारतसँग थाती रहेका सहमति टुंग्याउनुस्

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वरको विषयलाई अघि बढाउन सुझाव दिएका छन्।

रुसको भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफू प्रधानमन्त्री हुँदा अघि बढाइएका पञ्चेश्वर परियोजना लगायतका कामहरू वर्तमान नेतृत्वले टुङ्ग्याएमा उचित हुने बताए।

frontline

उनले विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सम्झौता र कृषि विकासका सहमति तथा समझदारीहरूलाई पनि अगाडि बढाउनुपर्नेमा जोड दिए। प्रचण्डले वर्तमान प्रधानमन्त्रीको कार्यशैली र भ्रमणबारे अस्पष्टता भए पनि राम्रो काम गर्दा समर्थन र सहयोग रहने तथा नराम्रो गर्दा आलोचना हुने स्पष्ट नीति रहेको धारणा राखे।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

२ इभेन्ट्स/फंसन

poster-here