ओली–दाहालका मुद्दा बोक्लान् कि छोड्लान् ?

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण नेपाल भारत सम्बन्धमा विगतका सरकारले उठाउँदै आएका तर निष्कर्षमा पुग्न नसकेका मुद्दाको पुनः परीक्षण गर्ने अवसरका रूपमा हेरिएको छ। आर्थिक सहायता, सीमा विवाद, ऊर्जा व्यापार, हवाई प्रवेश मार्ग, पञ्चेश्वर आयोजना, व्यापार घाटा र पारवहन सुविधाजस्ता विषय यसपटक पनि भ्रमणका सम्भावित प्राथमिकतामा छन्।

प्रधानमन्त्री शाहको भारत भ्रमण मंसिर ६ देखि १० गतेसम्म गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले जानकारी दिए। यसअघि भनिएको कात्तिक अन्तिम साताको मितिलाई सारेर मंसिर दोस्रो साता पुर्‍याइएको हो। भारतीय विदेश सचिव विक्रम मिश्रीको हालैको काठमाडौं भ्रमणपछि भ्रमणको तयारीले तीव्रता पाएको छ। ‘भ्रमणको मिति र कार्यसूचीबारे औपचारिक घोषणा तिहारलगत्तै हुन्छ,’ ती अधिकारीले भने।

frontline

मिश्रीले प्रधानमन्त्री शाहसँगै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग पनि छुट्टाछुट्टै भेटवार्ता गरी भ्रमणका सम्भावित एजेन्डा बुझेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here