बेलायतमा विद्यार्थी भिजाको आर्थिक मापदण्ड : ३० नोभेम्बरदेखि जीवनयापन खर्च धेरै देखाउनुपर्ने
१ कात्तिक, लन्डन । बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित गर्नुपर्ने भएको छ ।
बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो ।
लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ।
हाल लन्डनमा अध्ययनरत विद्यार्थीले प्रत्येक महिनाका लागि १ हजार ५ सय २९ र यो अधिकतम नौ महिनासम्म रहेको देखाउनुपर्छ। तर, नोभेम्बर ३० देखि यो रकम बढेर १ हजार ५ सय ७० हुनेछ जुन वर्षमा ३६९ पाउण्ड वृद्धि हो ।






प्रतिक्रिया दिनुहोस्