तिलगंगाबाट लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ
काठमाडौं : काठमाडौंको तिलगंगाबाट लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ३४ ग्राम खैरो हेरोइन र ५ लाख ८० हजार नगदसहित उनीहरूलाई तिलगंगाको एक गेस्टहाउसबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सिरहाको कल्याणपुर नगरपालिका–२ का २० वर्षीय भरोस मुखिया, सोही ठाउँका २६ वर्षीय धनिकलाल मुखिया, २६ वर्षीय पवन मुखिया र ३६ वर्षीय मोहम्मद सजाबुल रहेका छन्।






प्रतिक्रिया दिनुहोस्