नगरपालिकाका तत्कालीन नगर प्रमुख,उपप्रमुखसहित सातजनाविरुद्ध करोड बढीको भ्रष्टाचार मुद्दा
काठमाडौं :अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिराहाको गोलबजार नगरपालिकाका तत्कालीन नगर प्रमुख देवनाथ साहु तेली,उपप्रमुख रेशम कुमारी थापासहित सातजनाविरुद्ध भ्रष्टाचार मु्द्दा दायर गरेको छ।
आयोगले नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८/०७९ मा पशु हाटबजार,बाख्रा हाटबजार र गुदरी हाटबजारसम्बन्धी ठेक्का विवादित व्यक्तिलाई दिइ रकम हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।
गोलबजार नगरपालिकाका तत्कालीन नगर प्रमुख तेली,उपप्रमुख थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय श्रीधर केसी र अनन्त कुमार पौड्याल,तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम नारायण महतो,तत्कालीन राजश्व शाखा प्रमुख दिनेश कुमार सहनीविरुद्ध आरोप -पत्र दायर भएको अख्तियारले जनाएको छ। हाटबजार ठेकेदार वीरेन्द्र कुमार यादवलाई मुद्दामा प्रतिवादी बनाइएको छ।






प्रतिक्रिया दिनुहोस्