पहिरो खसेपछि बेनी-दरबाङ सडक फेरि बन्द
एक हप्तापछि आज शुक्रवार बिहान खुलेको बेनी–दरबाङ सडक फेरि बन्द भएको छ ।
पहिरो खसेपछि बेनी–दरबाङ सडक खण्डको फाफरखेतमा सीधा गाडी आवतजावत बन्द भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए ।
उहाँका अनुसार रातको समयमा जोखिम धेरै हुने भएकाले गाडी आवागमनमा रोक लगाइएको छ भने भोलि शनिवार बिहान पहिरो पन्छाएर सडक खुलाइनेछ ।
बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा गएको असोज ३१ गतेदेखि सुक्खा पहिरो खस्न थालेपछि बन्द भएको सडकमा बिहानदेखि गाडी चल्न थालेको थियो ।






प्रतिक्रिया दिनुहोस्