एनपीएलको तेस्रो संस्करणका लागि चिटिक्क पारिँदै त्रिवि मैदान (तस्बिरहरू)
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।
दसैँ र तिहारको बिचमा आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म आयोजना हुन लागेको यस प्रतियोगिता सुरु हुन अब केही दिन मात्र बाँकी छ । यसैबिच मैदानमा आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनका कामहरू लगभग सम्पन्न भइसकेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस पटक विगतका कमजोरीहरू सच्याउँदै दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनाहरूका लागि सहज वातावरण बनाउन विशेष जोड दिएको छ । साथै यस पटकको संस्करणमा पहिलो पटक अत्याधुनिक ‘डिसिजन रिभ्यू सिस्टम’ (डीआरएस) समेत प्रयोग गरिँदै छ ।
गत संस्करणमा दर्शकले शौचालयको अपर्याप्त सुविधा तथा आवतजावतका क्रममा धुलोको समस्या भोग्नुपरेको थियो । यस पटक त्यस्ता समस्या दोहोरिन नदिन आवश्यक सुधारका काम अघि बढाइएको छ । साथै, मैदानमा केही नयाँ संरचना थपेर समग्र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्