४ हिमतालको पानी घटाउँदा करिब ४ लाख मानिस प्रत्यक्ष लाभान्वित हुने ‘सञ्जिवनी’ परियोजना कसरी सुरु हुँदैछ ?
हिमताल विस्फोटजन्य बाढी (ग्लोफ) को जोखिम न्यूनीकरण तथा हिमाली समुदायको जीवन र जीविकोपार्जन सुरक्षित गर्न नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले ४९.९४ मिलियन अमेरिकी डलर लागतको ’ग्लोफ सञ्जीवनी’ परियोजना सुरु गरेका छन् ।
परियोजनाबाट हिमताल विस्फोटजन्य बाढीको जोखिममा रहेका ३ लाख ८५ हजारभन्दा बढी मानिस प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । प्रत्यक्ष लाभान्वितमध्ये ५५ प्रतिशत महिला रहनेछन् । परियोजनाको प्रभाव क्षेत्रका तल्लो तटीय नदी जलाधारमा बसोबास गर्ने करिब २० लाख मानिसले अप्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्