सुरुङभित्र फसेका व्यक्ति सकुशल रहेको आशा छ, विद्युत्‌गृह पुग्न सय मिटर बाँकी छ : कुलमान

चिलिमे जलविद्युत् केन्द्रको भूमिगत विद्युत्‌गृहमा फसेका कर्मचारीहरूको उद्धार प्रयास जारी छ । विद्युत्‌गृह जाने मुख्य पहुँच सुरुङमा ठुलो मात्रामा जम्मा भएको लेदोसहितको बालुवा-ढुङ्गा हटाउने काम तीव्र रूपमा भइरहेको छ ।

The current image has no alternative text. The file name is: kulman-4.jpg

पूर्वऊर्जामन्त्री कुलमान घिसिङका अनुसार उद्धार टोली लेदोको भाग छिचोल्दै निरन्तर अगाडि बढिरहेको छ । उनले हालको अवस्थाबारे जानकारी गराउँदै समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्रबाट आवाज पठाउँदा त्यसको इको सुनिएको छ। त्यहाँबाट चिसो हावा समेत आइरहेकाले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशा र अनुमानलाई बल पुगेको छ । अब विद्युत्‌गृह पुग्न करिब १०० मिटर बाँकी रहेको जानकारी छ ।’

frontline

यो अवस्थामा प्रत्येक मिटरका प्रगति र संकेतले हामी सबैमा नयाँ आशा जगाएको उनले बताएका छन् । साथै स्याफ्रुबेँसीतिरबाट स्केभेटरले सुरुङसम्म बाटो बनाउने काम तीव्र रूपमा अगाडि बढेको छ ।

घिसिङले भने, ‘आजसम्ममा सुरुङमा स्कोभेटर पुग्ने सम्भावना रहेको छ । स्केभेटर र लोडर पुगेपछि उद्धार कार्यमा तीव्रता आउनेछ। उद्धार कार्य सफल हुने विश्वासका साथ सम्पूर्ण टोली उच्च मनोबलका साथ अहोरात्र खटिरहेको छ ।’

यस कठिन र संवेदनशील घडीमा अहोरात्र उद्धारमा खटिरहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन, चिलिमे जलविद्युत् कम्पनीका सम्पूर्ण कर्मचारी तथा प्रत्यक्ष९परोक्ष रूपमा सहयोग गरिरहेका सबैप्रति उनले आभार तथा धन्यवाद दिएका छन् । 

उनले भनेका छन्, ‘उद्धारमा खटिनुभएका सबैको अथक प्रयास सफल होस् । सुरुङभित्र रहेका सबै व्यक्तिहरूलाई सकुशल उद्धार गर्न सकियोस् ।’

चिलिमे जलविद्युत् केन्द्रको प्रवर्धक चिलिमे जलविद्युत् कम्पनीको प्रबन्ध निर्देशकका रूपमा विद्युत्‌गृह सञ्चालनको अनुभवका आधारमा उद्धार टोलीलाई प्राविधिक सुझाव तथा समन्वय एवम् सहजीकरण गरिरहेको घिसिङले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here