सुनसान घर जुवाको अखडा : तीन नेपाली र चार भारतीयसहित सातजना पक्राउ
विराटनगर : मोरङको रतुवामाईमा नेपाली र भारतीय नागरिकको संयुक्त तासखाल फेला परेको छ । सुनसान घरमा तास खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । रतुवामाई नगरपालिका–७ कपर सुख्खा बोका टोलस्थित दिनेश सुतिहारको खाली घरमा जुवातास भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले छापा मारेको थियो ।
सोमबार बिहान ३ :३० बजेतिर इन्स्पेक्टर कैलास लिम्बू नेतृत्वको टोलीले उनीहरूलाई तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो । प्रहरी नियन्त्रणमा पर्नेमा तीनजना नेपाली र चारजना भारतीय नागरिक छन् ।
रतुवामाई नगरपालिका–२ का ३३ वर्षीय अरुणकुमार गनगाई,३२ वर्षीय उपेन्द्रप्रसाद गनगाई र रतुवामाई–७ का ४६ वर्षीय कपिल साह तथा भारतको किशनगन्ज जिल्लाका ३५ वर्षीय अजय सोनार, ३० वर्षीय सुरज शाह,२८ वर्षीय राजु सोनार र २२ वर्षीय सुरज मण्डललाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।






प्रतिक्रिया दिनुहोस्