सरकारले आयल निगमलाई तत्कालै आठ अर्ब दिने
१६ असार, काठमाडौं । सरकारले नेपाल आयाल निगमलाई तत्कालै आठ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ ।
सरकारले २० जेठ २०७९ देखि असार मसान्तसम्म भ्याट र करबापत तिरेको रकम नेपाल आयल निगमलाई फिर्ता गर्ने भएको हो ।
निगमले माग गरेअनुसार तत्कालै आठ अर्ब रुपैयाँको व्यवस्थापन गर्ने अर्थ मन्त्रालयबाट निर्णय गरेको हो ।
अर्थ सचिव मधुकुमार मरासिनीले अर्थ मन्त्रालयले निगमलाई ८ अर्ब रुपैयाँ दिन लागेको बताए ।
यसअघि सरकारले पेट्रोलियम पदार्थको कारोबारबाट उठाउँदै आएको पूर्वाधार कर स्थगित गर्ने निर्णय गरेको थियो ।






प्रतिक्रिया दिनुहोस्