सत्तापक्षका सांसद बोल्न थालेपछि संसद्‌बाट बाहिरियो रास्वपा

‘दुई तिहाइको दम्भी आवाज किन सुन्ने भनेर हामी निस्कियौं,’ झाले भने, ‘प्रतिपक्षतर्फका १६ जना माननीयको आवाज सुन्यौं । सत्तापक्षको पालो आएपछि निक्यौं ।’

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • प्रतिपक्षी तर्फका सांसदहरूको छलफल सुनेपछि रास्वपा सांसद बाहिरिएका हुन् ।
  • उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको माग गरेका छन्।
  • सरकारले माग पूरा गर्न अस्वीकार गरेपछि रास्वपा सांसदहरूले बैठकमा विरोध गरिररहेका छन्।

७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू संसद् बैठक चलिरहँदा बीचमै बाहिरिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा वेल घेराउ गरेका विरोधमा रहेका उनीहरू बाहिरिएका हुन् ।

रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाका अनुसार, प्रतिपक्षी तर्फका सांसदहरूको छलफल सुनेपछि बाहिरिएका हुन् ।

‘दुई तिहाइको दम्भी आवाज किन सुन्ने भनेर हामी निस्कियौं,’ झाले भने, ‘प्रतिपक्षतर्फका १६ जना माननीयको आवाज सुन्यौं । सत्तापक्षको पालो आएपछि निक्यौं ।’

प्रतिनिधि सभामा रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेर अवरोध गर्दै आएको छ । यो प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग पनि उनीहरूको छ ।

यी माग पूरा गर्न सरकार तयार नभएको भनेर रास्वपाले संसद् बैठक बहिष्कार गर्दै आएको छ ।

रास्वपा |संसद् बैठक

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here