व्यवस्थामाथि आक्रमण भइरहँदा जोगाएको स्थानीय तहले हो। टोप ब बिसी -अध्यक्ष गुरास गाउपालिका दैलेख

कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकाभित्र आक्रमण भइरहँदा व्यवस्था जोगाएको स्थानीय तहले हो। टोप ब बिसी  -अध्यक्ष गुरास गाउपालिका दैलेखमाले

 यतिबेला स्थानीय तहले थेगेको भनेको यो, यो राज्य व्यवस्था हो। यी राजनीतिक दलहरूलाई हो र राज्य जोगाएको कोसैले हो भने अथवा एउटा संरचना जोगाएको हो भने कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकाभित्र आक्रमण भइरहँदा यो व्यवस्था जोगाएको भनेको स्थानीय तहले हो। हामीले हो। अब हामी अब कार्यक्रमको दोस्रो खण्डमा यहाँको गुराँस गाउँपालिकाको  यो साढे तीन वर्षमा भएका महत्त्वपूर्ण परियोजनाहरू, होइन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन गरेर हामीले चाहिँ स्थापित गरेको एउटा स्वरूप र चित्र गुराँसको अलिकति बताइदिनु। जो कसैले गुराँस गाउँपालिकाको केही कुरै सुनेको छैन।  गुराँस गाउँपालिका भौगोलिक हिसाबले चाहिँ वीरेन्द्रनगर र प्रदेशको राजधानी, कणाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँग जोडिएको सुगम जस्तो देखिए पनि असी किलोमिटर लम्बाइ पूर्वमा जाजरकोटदेखि पश्चिममा सुदूरपश्चिमको अछामसँग जोडिएको एकदमै लामो भौगोलिक हिसाबले लगभग विकटमै पर्छ। तर पनि हामीले अहिले सबै टोलहरूमा बाह्रै महिना चल्न सक्ने बाटोहरू यद्यपि कालोपत्रे नभए पनि बाटोहरू बनाएका छौँ र त्यहाँको जनताले अहिले लगभग लगभग वर्षमा चालिस करोडभन्दा बढीको आम्दानी विभिन्न चाहिँ गतिविधिबाट, विभिन्न कृषि लगायतका व्यावसायिक कामहरूबाट चालिस करोडभन्दा बढीको आम्दानी चाहिँ पूरी पालिकाभरि वर्षमा भित्रिन्छ। त्यो भनेको एभरेजमा लगभग प्रत्येकले पाँच-सात लाख रुपियाँ वर्षमा प्रत्येक घरले कमाउनुहुन्छ। त्यो वातावरण बनेको छ र विगतमा चाहिँ यो जति उत्पादन गरे पनि फ्याँक्नुपर्छ, मार्केट पाइँदैन, बजार पाइँदैन भन्ने जुन समस्या थियो त्यसलाई हामीले कनेक्टिविटी, सुर्खेतसँग, नेपालगन्जसँग, अरू व्यावसायिक, प्राइभेट निजी क्षेत्रका व्यक्तिहरूसँग जोडेर, पर्यटकिय गतिविधिहरूसँग जोडेर अहिले त्यो समस्या छैन। गुराँसमा जेसुकै उत्पादन गरे पनि त्यसले लगभग लगभग बजार पाको छ। त्यो कुरामा हामीले लगभग लगभग हामीले चाहिँ आफ्नो तर्फबाट एक्सेसको कामहरू गरेका छौँ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

२ इभेन्ट्स/फंसन

poster-here