सफा, स्वस्थ र उत्पादनशील हेटौँडा भनेर हामी लाग्‍यौँ। मिना लामा -मेयर हेटौडा उपमहनागरपालिका

हेटौँडा आफैँमा चैँ विशेष ठाउँ पनि भको हुनाले। अब यो अनुभूति भन्दा पनि हेटौँडा चैँ आफैँ यो सफा, स्वस्थ र उत्पादनशील हेटौँडा भनेर हामी लाग्‍यौँ। र यो आफैँमा पनि अँ greenery चैँ हेटौँडा हो र सफा सहरमा पनि गनिने हेटौँडा हो। र त्यो जुन एउटा चाम छ र यो औदोगिक नगर हेटौँडा पनि हो। त्यो हाम्रो चामलाई निरन्तरता दिनुपर्छ भन्ने कुरा हो। त्यलाई हामी लागिराको छौँ। र विशेष गरी अँ हामीले हेटौँडाको चैँ नागरिक सबैको कुरा हेर्दाखेरी हामी हेटौँडाबासीहरू जुनसुकै समस्यामा होस्, अँ जुनसुकै विभिन्न कुराहरूमा होस्, आखिर हेटौँडाको विकासको लागि एकजुट भएर हामी काम गर्छौँ। त्यो मैले अनुभूति पाको छु। र उहाँहरूले अँ राम्रो कामहरूलाई प्रशंसा गर्नुहुन्छ। अँ छुटेका कामहरूलाई चैँ, “छुट्यो, अब यो चैँ गर्न पर्ने कामहरू छुट्यो” भन्नुहुन्छ। त्यो भको भएर अँ हामी हेटौँडाबासीहरू र अझ मेरो हेर्ने हो भने हाम्रो चैँ नगरपालिकाको टिम एकदमै उपमेयर साहिबदेखि वडा अध्यक्षजीहरूदेखि वडा सदस्यजीहरू सबै हामी एकजुट भएर बिनाविवादित भएर हामी काम गरिरछौँ। त्योको, त्योको हिसाबले पनि आज तीन वर्ष भइरहँदाखेरि पनि हेटौँडाको कुरा गर्ने हो भने जसरी हामी सफा र स्वस्थ भनौं भन– भन्छौँ, हेटौँडालाई त्यसरी चैँ मन भाका व्यक्तिहरू हुनुहुन्छ भन्ने कुरा चैँ म सबैजनालाई भन्न चाहन्छु।

अब हामी main नै लागेको कृषि छ। कृषिभन्दा पनि अब हाम्रो यो हेटौँडा चैँ बागमती प्रदेशको राजधानी भको हिसाबले नयाँ स्वरूप सहरको रूपमा develop भइराको छ। अब develop सहरको रूपमा develop भइसकेपछि अब जग्गाजमिनकै प्रयोग गर्ने हो, त्यहाँ सरकारी भवनहरू बन्ने कुराहरू, अब प्रदेश सिंह, प्रदेशका विभिन्न चैँ कार्यालयहरू, प्रदेश मन्त्रालयहरू बनाउने कुराहरू छ। त्यो भको भएर हामीले जर्गा-जग्गा वर्गीकरण अनुसार कहाँ मन्त्रालयहरू बनाउने, कहाँनिर सरकारी कार्यालयहरू बनाउने, कहाँ चैँ खेती गर्ने, कहाँनिर चैँ बस्ती बसाल्ने भन्ने कुराहरू हामीले त्यो एउटा चैँ रणनीतिक रूपमा हामी गको छौँ। हामीले आवधिक योजना बनाएर अगाडि बढाको छौँ। अब बाँकी रहेको जग्गाहरूमा, कृषि योग्य जग्गाहरूमा के गर्ने त? अब हामीले हामी एउटा चैँ अँ…धान पनि मकानपुरे धानभन्दा राम्रो यो हाम्रो पहिलादेखिनकै अँ चलिआको हो र यो धान पकेट क्षेत्र हामीले अँ चैँ छ हाम्रो त्यो। अँ त्यसलाई चैँ प्रवर्द्धन गर्ने कुरामा हामी लागेका छौँ। अर्को चैँ छ फेरि यता मकै पकेट क्षेत्र भनेर हामी मकै पकेट क्षेत्र हामीले बनाएका छौँ। अँ त्यसै गरी अब अर्को चैँ हामीले आलु पकेट क्षेत्र बनाएका छौँ र अर्को कुरा अँ दुध नेप चैँ वस्तुहरू जस्तै दुध चैँ हेटौँडाले अहिले अन्त जिल्लामा पनि हामीले पठाउने गरेका छौँ। किनभने हाम्रा हेटौँडाबाट चैँ उत्पादित दुधहरू अरू जिल्लाहरूमा पनि बेचबिखन गर्ने, निर्यात गर्ने चैँ सुरु भएको छ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

२ इभेन्ट्स/फंसन

poster-here