विरासतको राजनीति पाखा, नेतृत्वमा युवा

राधा खनाल

frontline

काठमाडौं : ‘बीपी कोइराला र गणेशमान सिंहको छोरा कहाँ हुनुहुन्छ ? मलाई थाहा छैन तर आत्मा यही छ,’ कांग्रेस सभापति गगन थापाले ‘पारिवारिक र राजनीतिक विरासत बोकेको नेतृत्वको अनुपस्थितिबारेको जिज्ञासा शान्त पार्न खोजे।

बीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि पुत्रमात्र होइनन्, झन्डै एक दशक कांग्रेस नेतृत्व हाँकेका पूर्वसभापति शेरबहादुर देउवा पनि पार्टीको १५ औं महाधिवेशनको उद्घाटन सत्रमा अनुपस्थित थिए। तर, राजनीतिक र पारिवारिक विरासतले मात्रै पार्टी अघि बढ्न नसक्ने सभापति थापाको तर्क थियो। ‘उहाँहरूको आत्मा त्यही हो तर हाम्रो शैली, भाषा, कर्म र संस्कार र सोच्ने तरिका बदल्नुपर्ने छ,’ महाधिवेशन उद्घाटन सत्रमा सभापति थापाले भने। 

विरासत बोकेको नेतृत्वलाई पाखा लगाएर भइरहेको १५ औं महाधिवेशनले सामान्य नेतृत्व चयनको अधिवेशनभन्दा फरक राजनीतिक सन्दर्भमा बोक्दैछ। गत वर्षको जेन–जी आन्दोलनपछि कांग्रेसभित्र भएको विशेष महाधिवेशनले नेतृत्वमा पुस्तान्तरणको नयाँ अध्याय सुरु गरेको थियो। त्यसपछि नियमित महाधिवेशनले त्यस परिवर्तनलाई संगठनको तहसम्म संस्थागत गर्ने कि पुरानो शक्ति संरचना पुन :  प्रभावशाली बनाउने भन्ने प्रश्न निर्णायक बनेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here