बालेनको भारत भ्रमणबारे गगनले भने- माग्दै नमागेपछि हामीले सुझाव के दिने ?

 नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने विषयमा सरकारको ठूलो जिम्मेवारी हुने बताएका छन्। शुक्रबार स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गर्न निर्वाचन आयोगले बोलाएको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउने जिम्मेवारी सरकारको भएको बताएका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग कुनै सुझाव नलिइएको भन्दै उनले सुझाव नै नमागेपछि आफूहरूले किन सुझाव दिने भन्दै प्रश्न गरे।

frontline

‘माग्दै नमागेपछि सुझाव के दिने ? सुझाव नमागेपछि सुझाव दिएर किन हिँड्ने ? निर्वाचनको बारेमा सरकार केही बोल्दैन भने हामीले किन धारणा बनाएर हिँड्ने ? ‘उनले भने।

थापाले निर्वाचनबारे संविधानमा स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै निर्वाचन आयोगले प्रारम्भिक छलफल अघि बढाएको बताए। सरकारले राजनीतिक दलहरूसँग निर्वाचनका विषयमा छलफल र संवाद गरे कांग्रेसले पनि आफ्नो धारणा राख्ने उनको भनाइ छ।

सरकारले संविधानअनुसार चैत–वैशाखमा निर्वाचनको मिति घोषणा गर्ने र त्यसपछि स्थानीय तहको निर्वाचन हुने उनले बताए। प्रदेश र अन्य निर्वाचन पनि संविधानले तोकेको समयमा हुने उल्लेख गर्दै थापाले कांग्रेस आफ्नै ढंगले निर्वाचनको तयारीमा जुटिरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

poster-here