रौतहट–२ मा शेख सगिर आलमको सक्रियता : नयाँ विकल्पको रूपमा उदाउँदै

मेवालाल यादव

रौतहट — आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नं. २ का मतदाताले नयाँ विकल्पको खोजी गर्न थालेका छन्। यसै क्रममा परोहा नगरपालिका–३, तेजापाकड निवासी शिक्षाविद् शेख सगिर आलमको नाम चर्चामा आएको छ।

frontline

हालै क्षेत्रका विभिन्न दुर्गा पूजामा सहभागी भएका आलमले व्यक्तिगत तर्फबाट आर्थिक सहयोग प्रदान गर्दै स्थानीयसँग प्रत्यक्ष सम्पर्क बढाएका छन्। उनको यो सक्रियतालाई मतदाताले आगामी निर्वाचन तयारीको संकेतका रूपमा लिएका छन्।

राजधानी काठमाण्डौमा उच्च शिक्षा हासिल गरी अध्यापन र शैक्षिक क्षेत्रमा लामो समय सक्रिय रहेका आलमले रौतहट क्षेत्रमा सामाजिक कार्य र धार्मिक गतिविधिमा निरन्तर संलग्न हुँदै आएका छन्। यसले गर्दा स्थानीय राजनीतिक वृत्तमा उनलाई पुराना नेता आफताब आलम र किरण साहको विकल्पको रूपमा हेरिएको छ।

क्षेत्रीय राजनीतिक समीकरणमा नयाँ अनुहारको खाँचो भइरहेका बेला शेख सगिर आलमको सम्भावित उम्मेदवारीले चुनावी प्रतिस्पर्धामा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here