रुस र युक्रेनबीच ओलेस्की सहरमा युद्धविराम, आगामी महिना शान्ति वार्ता गर्ने सहमति
काठमाडौं : रुस र युक्रेन रुसको कब्जामा रहेको युक्रेनी सहर ओलेस्कीमा युद्धविराम गर्न र अर्को महिना नयाँ शान्ति वार्ताका लागि बस्न सहमत भएका छन् । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको कूटनीतिक मध्यस्थतामा सम्पन्न भएको यो सहमति अक्टोबर २७ देखि लागू हुनेछ।
दक्षिण युक्रेनको खेरसोन नजिकै पर्ने ओलेस्की सहरमा युद्धअघि करिब २४,००० जनसङ्ख्या रहेकोमा हाल १,७०० देखि २,००० जना सर्वसाधारण मात्र बाँकी रहेको ह्वाइट हाउसले जनाएको छ। फेब्रुअरी २०२२ देखि रुसी नियन्त्रणमा रहेको यस सहरमा अहिले खाद्यान्न, औषधि र सफा पानीको गम्भीर संकट छ।
अक्टोबर २७ को बिहान ४ बजेदेखि लागू हुने युद्धविराम अवधिमा मुख्य सडकहरूबाट बारुदी माइन हटाउने, आवश्यक राहत सामग्री वितरण गर्ने र सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य गरिनेछ। यस मध्यस्थता प्रयासमा पोप लियोको पनि योगदान रहेको बताइएको छ।






प्रतिक्रिया दिनुहोस्