मुख्य सचिवद्धारा राष्ट्रिय शहिद तथा शान्ति निजामती स्मारक पार्क गोकर्णमा बृक्षारोपण

भाद्र २३, सानुराजा पुरी,काठमाडौँ । गोकर्णेश्वर नगरपालिकामा रहेको राष्ट्रिय शहिद तथा शान्ति निजामती स्मारक पार्क यज्ञ डोल गोकर्णमा निजामती दिवसको अवसरमा बृक्षारोपण तथा शिलान्यस कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बृक्षरोपण एवंम पहिलो मूख्य सचिव चन्द्र बहादुर थापाको शालिकको शिलान्यास गरिएको थियो । ब्यूरो ८१ को आयोजनामा भएको कार्यक्रममा मुख्य सचिव बैरागीले पार्कमा केही काम बाँकी रहेकोले यसको कार्य छिटै सम्पन हुने बताए ।
यस बर्ष निजामती सेवा दिवसको नारा‘स्वच्छ र समक्षनिजामतीप्रशासन ः समृद्धि र सुशासन’लाई ५ बर्ष सम्मकायम रहने र यसले निजामतीलाई सक्षम बनाउने जानकारी मुख्य सचिव बैरागीले गराए ।
यस्तै, ब्यूरो ८१ नेपालका अध्यक्ष राम प्रसाद भट्टराईले यो संस्था निजामति कर्मचारीहरुको नै संस्था भएको हामीले समाजमा विभिन्न कार्य गर्दो आएको र आज निजामती दिवसको उपलक्ष्यमा पहिलो मूख्य सचिव चन्द्र बहादुर थापाको सम्झनामा गोकर्णको यस पार्कमा बृक्षारोपण एवं शालिकको सिलान्याश गरिएको जानकारी गराए ।
यस वर्ष कोरोनाभाइरस (कोभिड–१९)काकारणले भौतिक दूरी र स्वास्थ्यका न्यूनतम मापदण्ड अपनाई कार्यक्रम गरीएको थियो । राज्यको शासन प्रणालीलाई विधिसम्मत संचालन गर्न जनताप्रति उत्तरदायि प्रशासन बनाउन ब्यूरो ८१ नेपालले प्रकाशन गरेको सार्वजनिक मामिला सम्बन्धि जर्नलको विमोचन गरिएको थियो । निजामती सेवा ऐन जारी भएको दिनको सम्झनामा करिब ८० हजार निजामती कर्मचारी हकहितमा कार्य गर्न निजामती दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here