भन्सार छलेर ल्याएका लाखौं मूल्यका कपडा बरामद

परासी : नवलपरासीबाट प्रहरीले ११ लाख बढीका कपडा बरामद गरेको छ । सुस्ता गाउँपालिका–१ रुपैयालियाका महेन्द्र चौधरीको घरको भान्छा कोठामा गोदाम गरी राखेका ११ लाख ६८ हजार बराबरका कपडा बुधबार बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिए । 

लुम्बिनी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बेलाटारीबाट गएको टोलीले भन्सार छलेर ल्याएका कपडा बरामद गरेको हो । बरामद गरिएका कपडामा साडी ८९ पिस, कुर्था सुरुवाल १ सय ७६ पिस, लेडिज टिसट १८ पिस, पुरुष सेरवानी कुर्था ३२ पिस, लुङ्गी १ सय पिस र सुतिका कपडा १४ मिटर रहेको छ । 

frontline

बरामद भएका सामान महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here