माथिल्लो त्रिशूली–१ मा ७ जनाको शव भेटियो

 बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली(१ जलविद्युत् आयोजनामा सात जनाको शव फेला परेको छ।

सुरुङ तथा हेडवक्समा हराइरहेकाहरूको खोजी गर्ने क्रममा शुक्रबार त्यहाँ सात जनाको शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जनाएको छ।

frontline
The current image has no alternative text. The file name is: Trisuli-3B-1788691633.jpg

भदौ १० को बाढीपछि २१६ मेगावाटको माथिल्लो त्रिशूली(१ मा धेरै मानिसहरु हराइरहेका छन्।

शुक्रबार नेपाली सेना र आयोनजना प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभपलमेन्ट कम्पनीका सर्भे इन्जिनियरसहितको समूहले अडिट १ को क्षेत्रमा अवलोकन गर्दा पूर्ण रुपमा डेब्रिज भरिएको पाइएको उद्धार कर्ताहरुले बताएका छन्।

यसैगरी मैलुङ क्याम्प साइटमा मिनि स्काइभेटरले उत्खनन कार्य सुरु गरिएको छ भने अडिट ३ मा नेपाली सेना र अष्ट्रेलियाली उद्धार समूहले सर्च गरेका छन्। आजदेखि खोजी कार्यलाई अझ तीब्रता दिने कम्पनीले जनाएको छ।

बाढी आउनुअघि आयोजनास्थलमा १ हजार ४३३ जना कार्यरत थिए। ती मध्ये हालसम्म ८ सय ७८ जनाको मात्रै उद्धार भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here