महिमानसिंह विष्टको रिट न्यायाधीश पोखरेलको इजलासमा

 समाचार सारांश

  • निलम्बित शाखा अधिकृत महिमान सिंह विष्टको रिट निवेदनमाथि बुधबार सुनुवाइ हुने भएको छ।
  • विष्टले रेशम चौधरीलाई जेल चलान गर्न पत्र पठाएका थिए, र उनले दोहोरो कारबाहीको विरुद्ध रिट दिएका छन्।
  • विष्टले आफूमाथि विभागीय कारबाही र फौजदारी मुद्दा चलाइएको भन्दै दुई कारबाही अन्यायपूर्ण भएको जिकिर गरेका छन्।

काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमान सिंह विष्टले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ ।

frontline

सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको हो ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई पुर्पक्षका लागि जेल चलान गर्न भन्दै अनधिकृत पत्र पठाएका विष्टले आफूमाथि दोहोरो कारबाही भएको भन्दै त्यसविरुद्ध रिट निवेदन दिएका हुन् ।

सर्वोच्च अदालतका सहरजिस्ट्रार अच्युत कुईकेलका अनुसार विष्टले आफूमाथि सर्वोच्च अदालतले विभागीय कारबाहीको प्रक्रिया अघि बढाएको र प्रहरीले समेत सरकारी छाप किर्तेमा फौजदारी मुद्दा चलाएका कारण एकै कसुरमा दुईतिर कारबाही गर्नु अन्यायपूर्ण भएको जिकिर रिट निवेदनमा गरेका छन् ।

विष्टले असार २२ गते दायर गरेको रिटको पहिलो सुनुवाइ हुन लागेको हो । २३ गते उक्त रिट निवेदन न्यायाधीश नहकुल सुवेदीको इजलासमा पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ भएको थियो । २४ गते प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको उक्त रिट निवेदनलाई निवेदकले नै माग गरे बमोजिम सुनुवाइ स्थगित गरिएको थियो ।

#महिमानसिंह विष्ट #महिमान सिंह #विष्टसर्वोच्च अदालत

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here