मन्थलीको ६ र ७ वडा जोड्ने निर्माणाधीन पक्की पुल दोस्रोपटक भाँचियो

कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको सो पुलको एउटा स्ल्याब गत वैशाखमा पनि भाँचिएको थियो । भाँचिएको सोही स्ल्याब निर्माण भइरहेको बेला आइतबार बिहान फेरि भाँचिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने तामाकोशी नदीमाथि बनिरहेको पुल दोस्रो पटक भाँचिएको छ।
  • कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको सो पुलको एउटा स्ल्याब वैशाखमा पनि भाँचिएको थियो।
  • पुल पटक-पटक भाँचिएपछि यसको गुणस्तरमा प्रश्न उठेको छ।

८ असार, काठमाडौं । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ र ७ जोड्न तामाकोशी नदीमाथि बन्दै गरेको मोटरेबल पुल दोस्रोपटक भाँचिएको छ ।

मन्थलीको वडा नम्बर ६ कुनौरी र वडा नम्बर ७ को भटौली मुगिटार जोड्ने पक्की पुलको एउटा स्पान भाँचिएको हो ।

कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको सो पुलको एउटा स्ल्याब गत वैशाखमा पनि भाँचिएको थियो । भाँचिएको सोही स्ल्याब निर्माण भइरहेको बेला आइतबार बिहान फेरि भाँचिएको हो ।

आइतबार बिहान पुल अनुगमनमा पुगेका रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले पुलको एकातर्फको स्ल्याब पूर्णरुपमा भत्किएर तल झरेको जानकारी दिए । यस अघिको अनुगमनमा नै कैफियत देखिएपछि पुनर्निर्माण गर्न सुझाव दिएको तर त्यसैलाई मर्मत गर्न खोज्दा भाँचिएको उनले बताए ।

यो पुल निर्माण सम्पन्न गर्ने म्याद २०८२ साल भदौ मसान्तसम्म छ । डिजाइन एन्ड विल्ड प्रकृतिको यो पुलको लम्बाइ २३० मिटर र चौडाइ ११ मिटर छ ।

निर्माणाधीन पुल |मन्थली

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here