भिषण वर्षाका कारण हुनसक्ने भौतिक र मानवीय क्षती न्यूनिकरणमा लागौँ : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले मुलुकमा भइरहेको भिषण वर्षाका कारण हुनसक्ने भौतिक र मानवीय क्षती न्यूनिकरणमा लाग्नुपर्ने बताएका छन् । बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुनसक्ने सम्भावित जोखिम र विपद्बाट आफू जोगिने र अरुलाई पनि जोगाउने काममा लाग्न उनले सामाजिक सञ्जालमार्फत सबैमा अपिल गरेका छन् ।
बस्नेतले भनेका छन्, ‘जेनजी विद्रोहका कारण मुलुकले ठूलो भौतिक र मानवीय क्षती व्यहोर्नु परेको छ । त्यसलगत्तै आएको भिषण वर्षाले पुर्याउन सक्ने थप क्षतीबाट मुलुकलाई जोगाउन हामी सबैले आ–आफ्नो ठाउँबाट आवश्यक पहल गरौँ ।’
उनले सूचना र जानकारीको सम्प्रेषण, सचेतना, खोज, उद्दार, राहत र पुनर्स्थापनाको कार्यमा समेत जुट्न सबैमा आग्रह गरेका छन् ।






प्रतिक्रिया दिनुहोस्