बालेनलाई आश्वस्त पार्दै रविले भने- कागज ल्याउनुस् हस्ताक्षर गरौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले विधानमा गरिएको व्यवस्थामाथि कुनै शंका नगर्न केन्द्रीय सदस्यहरूलाई आग्रह गरेका छन्। 

बुधबार बसेको पहिलो केन्द्रीय समिति बैठकमा बोलेका केही नेताहरूले संसदीय दलका नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई बीचमै हटाउने गरी विधान संशोधन गरिएको भन्दै असन्तुष्टि जनाएका थिए।

frontline

बैठकमा विधानका विषयमा नेताहरू गणेश कार्की, तोशिमा कार्की, पुकार बम, रञ्जु दर्शनाले प्रश्न उठाएका थिए। 

त्यसको जवाफ दिँदै सभापति लामिछानेले आफ्नो त्यागमा कुनै स्वार्थ नभएको प्रस्टीकरण दिएका हुन्।

‘बालेन शाहलाई प्रधानमन्त्री बनाउन यो ५ वर्ष मात्रै होइन, अर्को ५ वर्ष पनि त्याग गर्न तयार छु। मेरो वर्डलाई विश्वास गर्नुहुन्न भने कागज ल्याउनुस हस्ताक्षर गरौँ,’ रविको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।

बैठकमा विधानमा छेडखानी गरिएको भन्दै छानबिन समिति गठन गर्नुपर्ने पनि माग गरिएको थियो। त्यसको जवाफमा रविले भने, ‘विधान कुनै व्यक्ति विशेषका लागि बनाएको होइन, ५० वर्षको भिजन हेरेर बनाएको हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here