बालेनको कान्स भ्रमणबारे अख्तियारले गरिरहेको छ छानबिन

सल्लाहकार कुमार बेनसहितलाई बयानका लागि बोलाइयो

अख्तियारका एक उच्च अधिकारी भन्छन्- यो विषयमा मुद्दा दर्ता हुन्छ कि हुँदैन भन्ने कुरा रकम फिर्ता गर्ने सन्दर्भसँग पनि जोडिन्छ

२७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फ्रान्सको पेरिसमा भएको ७७औं कान्स फिल्म फेस्टिभलमा गरेको भ्रमणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

frontline

आयोग स्रोतका अनुसार, मेयर र उनका सचिवालयका सदस्यको वैदेशिक भ्रमणका क्रममा भएको खर्चबारे प्रश्न उठाउँदै उजुरी परेपछि यसबारे प्रारम्भिक छानबिन गरिएको थियो । त्यसक्रममा थप कैफियत देखिएपछि अनुसन्धान अघि बढाइएको आयोगका एक अधिकारीले अनलाइनखबरलाई बताए ।

महालेखा परीक्षकको प्रतिवेदन २०८२ मा समेत काठमाडौं महानगरले भ्रमण खर्चवापत ५२ लाख ५४ हजार ७७ रुपैयाँ बराबर खर्च गरेको देखिएको भन्दै अधिकांश भुक्तानी नियमसंगत नभएको उल्लेख गरेको थियो ।

स्थानीय तहका कर्मचारीहरूको विदेश भ्रमण सम्बन्धी निर्देशिका, २०७५ अनुसार कर्मचारीको विदेश भ्रमणका लागि राजपत्रांकित विशिष्ट श्रेणी र प्रथम श्रेणीबोहक अन्यको हकमा संघीय मामिला तथा प्रशासन मन्त्रालयको सचिवले मनोनयन गर्ने व्यवस्था छ ।

तर, त्यसविपरित पदाधिकारी र कर्मचारी वैदेशिक भ्रमणमा भएको प्रतिवेदनमा उल्लेख थियो ।

‘यो विषयमा हामीले पहिल्यैबाट छानबिन गरिरहेका थियौं’, ती अधिकारीले भने, ‘केही कैफियत देखिएपछि बुझ्नुपर्ने भएकाले बयानका लागि समेत केहीलाई बोलाएका छौं ।’

स्रोतका अनुसार, आयोगले बयानका लागि महानगरका सल्लाहकार सुनिल लम्साल र कुमार ब्यन्जनकार (बेन) लाई बोलाएको छ । लम्साल ब्राजिलमा भएको एक बैठकमा सहभागी हुन गएका बेलाको हवाई खर्च भुक्तानीमा महालेखाले प्रश्न उठाएको थियो ।

कुमार बेन चाहिँ मेयर शाहसँगै ३१ वैशाख २०८१ मा विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुने गएका थिए । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उनी त्यहाँ गएको मेयर शाहको सचिवालयले जनाएको थियो ।

आयोगका एक अधिकारीले भने तत्काललाई यो विषय मुद्दा चल्ने किमिसको नदेखिए पनि उनीहरुको बयानले थप विषयहरु निर्धारण गर्ने बताए । ‘कतिपय विषय रकम फिर्ता गर्ने कुरासँग पनि जोडिएलान्, थप छानबिन चलिरहेकै छ’, ती अधिकारीले अनलाइनखबरसँग भने ।

बालेन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here