बाढीले घर बगाउँदा दुईको मृत्यु

बेनी । म्याग्दीको मंगला गाउँपालिका-५ छिसवाङमा बाढीले घर बगाउँदा आज विहान दुई जनाको मृत्यु भएको छ ।

मंगलबार राती परेको अविरल वर्षा सँगै घर छेवैको खहरेखोलामा ठूलो बाढी आएको थियो ।

frontline

बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरि बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन र बुहारी बिनालाई बेपत्ता बनाएको थियो ।

घटनास्थलमा रहेका मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुबेदीले बाढीले बगाएर बेपत्ता बनाएका दुबैको शव फेला परेको बताए ।

इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएका प्रहरी, मंगला र मालिका गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयबासीहरु बेपत्ताको खोजीका साथै जोखिममा रहेका घरको ब्यवस्थापनमा परिचालन भएका छन् ।

खहरेखोलाको बाढी पसेर मंगला गाउँपालिकाको छिसवाङ खरहेका अन्य घरहरुमा पनि क्षति पुगेको छ।

इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलले घटनास्थल पुगेर क्षतिको बिबरण संकलन, बेपत्ताको खोजी र जोखिमका घरधुरी ब्यवस्थापनमा जुटेको बताए ।

प्रतिक्रिया दिनुहोस्

poster-here